शनिबार, चैत १४, २०८२

नबिल बैंकको नाफा ५२ प्रतिशतले वृद्धि

मेरोन्यूज २०८० वैशाख ७ गते ९:५८

काठमाडौं । नबिल बैंकको नाफा ५२.६३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म बैंकले पाँच अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेको छ भने कर्जा ७.७६ प्रतिशत बढेको छ।

प्रतिक्रिया