फिलिपिन्समा सेनाले कम्युनिष्ट नेताको हत्या गरेको विद्रोहीको दावी
काठमाडौँ । विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहको नेतृत्व गरेका फिलिपिन्सका एक दम्पतीको केही महिनाअघि हत्या भएको कम्युनिस्ट विद्रोही र सुरक्षा अधिकारीहरूले बिहीबार बताएका छन् ।
कम्युनिस्ट विद्रोही नेता बेनिटो टियाम्जोन र उनकी पत्नी विल्मा टियाम्जोन दशौं हजारको ज्यान जाने गरी भएको द्वन्द्व अन्त्य गर्न नर्वेमा भएको वार्तालाई सघाउन जमानतमा रिहा गरिएको एक वर्ष पछि सन् २०१७ देखि फरार थिए ।
तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले शान्ति स्थापनामा चासो नदेखाएको आरोप लगाउँदै शान्ति वार्ता स्थगित गरी फिलिपिन्सको कम्युनिस्ट पार्टी (सीपीपी) र यसको सशस्त्र शाखालाई ‘आतंकवादी सङ्गठन’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
टियामजोनले सिर्जना गरेको सीपीपीको न्यू पिपुल्स आर्मीले ५० वर्षभन्दा बढी समयदेखि एसियाको सबैभन्दा ठूलो धनी–गरीब विभाजनहरू मध्ये एक सिर्जना गरेको प्रणालीलाई उल्टाउन सङ्घर्ष गरिरहेको छ ।
सीपीपीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रीय समितिले अगस्टमा तियामजोन र अन्य आठ जनालाई सेनाले यातना दिएको र मारेको निष्कर्ष निकालेको जनाएको छ ।
फिलिपिन्सको सेनाको आठौं इन्फेन्ट्री डिभिजनका प्रवक्ता क्याप्टेन जेफरसन मारियानोले समर प्रान्तको मध्य शहर क्याटबालोगननजिकै समुद्रमा भएको गोली हानाहानमा १० जना विद्रोही मारिएको बताएका छन् ।
“उनीहरूको डुङ्गालाई हाम्रो सेनाले पक्रन लागेको समय उनीहरूले जवाफी फायर गरे । त्यसपछि कुनै पनि कारणवश अचानक डुङ्गा विस्फोट भयो,” मारियानोले एएफपीलाई बताए । उनले मारिनेहरूको पहिचान हुन नसके पनि उनीहरूलाई ‘उच्च मूल्यको लक्ष्य’ को संज्ञा दिएका छन् ।
सीपीपीका अनुसार उक्त समूह समरको राजमार्गमा निहत्था यात्रा गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो । “केन्द्रीय समितिले संकलन गरेको जानकारीअनुसार टियामजोनले अपहरणकारीको हातबाट गम्भीर कुटपिट भोगेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
फिलिपिन्सका राष्ट्रिय सुरक्षा सल्लाहकार सेक्रेटरी एडुआर्डो एनोले अधिकारीहरूले लामो समयदेखि तियामजोनहरू मरेको आशङ्का गर्दै आएको बताए ।
“अन्ततः उनी (आतङ्ककारी)हरू हामीमध्ये धेरैले धेरै महिनाअघि नै शङ्का गरेको कुरा स्वीकार्न बाध्य भएका छन्,” एनोले एक विज्ञप्तिमा भनिएको छ ।
सन् २०२० मा मनिलाको एक अदालतले सन् १९८८ मा मनिला नजिकै चार सैनिकको अपहरण गरेको अभियोगमा उक्त दम्पतीलाई ४० वर्षको जेल सजाय सुनाएको थियो ।
एनपीए फिलिपिन्सको सबैभन्दा घातक सशस्त्र समूहमध्ये एक हो तर सेनाको अनुमानमा यसको सङ्ख्या सन् १९८० को दशकमा २६ हजारबाट घटेर दुई हजारमा झरेको छ ।
राष्ट्रपति फर्डिनान्ड मार्कोसले मार्चमा कम्युनिस्टहरूसँगको लडाइँ ‘अन्त्य हुन लागेको’ बताएका थिए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया