सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियर कपमा आज नेपाल र ओमान भिड्दै

मेरोन्यूज २०८० वैशाख ८ गते ७:२४

काठमाडौँ । एसीसी प्रिमियर कपमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा
च्याम्पियनसिपको उपाधि दाबेदार नेपाल, ओमानलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ।

नेपाल आजको खेलमा विजयी भए समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने सम्भावना बलियो रहन्छ। नेपालसँगै ओमानलाई पनि उपाधि दाबेदार टोलीका रुपमा हेरिएको छ।

पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।

नेपाल र ओमानबीचको यो खेलले एक दिवसीय मान्यतासमेत पाएको छ। नेपाल र ओमान दुवै ओडीआई मान्यता प्राप्त देश रहेकाले आईसीसीले यो खेललाई एक दिवसीय मान्यता दिएको हो।

यो खेल नेपालको ५०औँ ओडीआई खेल हो।

प्रतिक्रिया