एसीसी प्रिमियर कपः ओमानविरुद्ध कुशल मल्लको अर्धशतक
मेरोन्यूज
२०८० वैशाख ८ गते ११:२०

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कपमा ओमानविरूद्ध नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
३० बलमा मल्लले ४ चौका र ५ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।
यसअघि मलेसियासँगको खेलमा पनि मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय पारी खेलेका थिए।
मल्लको अर्धसतकसँगै नेपाल लयमा पनि फर्किएको छ।
३० ओभर सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४२ रन जोडेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो।
भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्।
यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।
सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया