नेपालले ओमनलाई दियो ३११ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई ३११रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । कुशलले ६४ बलमा ९ चौका र १० छक्काको मद्दतमा १०८ रन बनाए । त्यस्तै सोमपाल कामीले अर्धशतकीय पारी खेले । कामीले ४८ बलमा ६३ रन बनाए ।
नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो ।
१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट भए ।
कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।
भिम शार्की ३३ र कप्तान रोहित पौडेलले २३ रन बनाए ।
दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।
सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।
ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया