परिणिती चोपडा र सांसद राघवले गरे इन्गेजमेन्ट
मेरोन्यूज
२०८० वैशाख ८ गते १३:५४

काठमाडौं । पछिल्लो केहिसमययता बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीचको सम्बन्धको खबरको चर्चा चुलिएको छ । दुवै कयौं ठाउँमा एकसाथ देखिने गरेका छन् । यसैबीच उनीहरुको इन्गेजमेन्ट भएको खबर आइरहेको छ ।
अभिनेत्री परिणिती एयरपोर्टमा आएका बेला उनको हातमा रहेको औंठीले इन्गेजमेन्टको अड्कलबाजी गरिँदै आएको थियो । अहिले भने उनीहरुको निकट स्रोतले दुवैको इन्गेजमेन्ट भएको जानकारी दिएको छ । जानकारी अनुसार परिवारका सदस्य, सीमित आफन्तको उपस्थितिमा इन्जेजमेन्ट समारोह सम्पन्न भएको थियो ।
विवाह पनि यसै वर्षको अक्टोबरमा हुन सक्ने उनीहरूकाे निकट स्रोतले बताएको छ। याे सँगै फ्यानले दुवैलाइ अग्रिम बधाई दिइरहेका छन् । तर, राघव र परिणितीले यी रिपोर्टमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया