मंगलबार, पुष ८, २०८२

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

मेरोन्यूज २०८० वैशाख ८ गते १९:२०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको राजधानी दिल्लीस्थित एम्स अस्पतालमा उनको उपचार भइरहेको छ ।

भारतस्थित नेपाली दूतावासका अनुसार उपचार सुरु भएको तेस्रो दिनमा राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको हो ।

नेपाली अस्पतालमा उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रतिक्रिया