शनिबार, वैशाख २६, २०८३

ज्याक माले हङकङस्थित एक विश्वविद्यालयमा प्राध्यापन गर्ने

मेरोन्यूज २०८० वैशाख ८ गते २१:३३

काठमाडौँ । विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ ।

Advertisement
NiccNicc

दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको कारबाहीपछि चीनमा सार्वजनिक रूपमा देखा परेको केही हप्तापछि यो नियुक्ति भएको हो ।

माले सन् २०२० को अन्त्यदेखि नै आफूलाई कम्पनीको न्यून भूमिकामा राखिएको थियो । उनले चिनियाँ नियामकलाई आक्रमण गर्ने आक्रोसपूर्ण भनाइहरूपछि अलिबाबा सम्बद्ध एन्ट ग्रुपको आईपीओमा योजनाबद्ध रूपमा लगाम लागेको थियो ।

अलिबाबालाई अनुचित व्यापारिक अभ्यास गरेको आरोपमा दुई अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरिएको थियो । युनिभर्सिटी अफ हङकङले शुक्रबार माले आफ्नो ‘बिजनेस स्कुल’बाट मानार्थ प्राध्यापकको पद स्वीकार गरेको जनाएको छ ।

संस्थाका एक प्रवक्ताले मालाई ‘व्यावसायिक नवीनता र विकासमा उनको समृद्ध ज्ञान र अनुभव’ साझेदारी गर्न स्वागत गरेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँको प्राध्यापनको अवधि मार्च २०२६ सम्मका लागि तोकिएको छ ।

विभागकोे वेबसाइटमा माको नाम समावेश छ यसले ‘व्यवस्थापन र रणनीति’ मा उनको विशेषज्ञतालाई महत्वपूर्णरूपमा लिएको देखिन्छ । सन् २०१८ मा सोही विश्वविद्यालयले मालाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

अलिबाबाको पूर्ण स्वामित्वमा रहेको हङकङस्थित अङ्ग्रेजी भाषाको अखबार साउथ चाइना मर्निङ पोस्टका अनुसार माको ‘सार्वजनिक व्याख्यान वा भाषण’को कुनै योजना छैन ।

अर्बपतिले सन् २०१४ मा स्थापना गरेको परोपकारी संस्था ज्याक मा फाउन्डेसनले द पोस्टलाई भनेको छ, “शिक्षाको दुनियाँबाट केही समयको अन्तरालपछि मा क्याम्पसको जीवनमा फर्कन आतुर हुनुहुन्छ ।”

अलीबाबा सुरु गर्नुअघि माले पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझोउ दियान्जी विश्वविद्यालयमा आठ वर्षसम्म अङ्ग्रेजी बिषय पढाएको थियो ।

उनले सन् २०१५ मा झेजियाङमा उद्यमशीलताका लागि एक केन्द्रको स्थापना गरेको थिए । उक्त संस्थालाई सुरुमा हुपान विश्वविद्यालय भनिन्थ्यो तर सन् २०२१ मा चिनियाँ अधिकारीहरूसँग माको विवादका बीच यसको नामबाट ‘विश्वविद्यालय’ शब्द हटाइएको थियो ।

मा विगत दुई वर्षदेखि स्पेनको मालोर्का टापुलगायत विश्वका विभिन्न स्थानमा बिताएका थिए । उनले सन् २०२२ को अधिकांश समय जापानमा बिताएका थिए ।

प्रतिक्रिया