दुई खर्ब तरलता हुँदा पनि बैंकको ब्याजदर उच्च भएपछि कर्जा प्रवाह भएन : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा दुई खर्ब तरलता भए पनि बैंकको ब्याजदर उच्च भएकाले कर्जा प्रवाह हुन नसकेको बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको बताए ।
उनले स्थानीय तहमा गएको रकम ऋण पत्रलाई सिडी रेसियोमा गणना गर्न पाउने समय अवधि नभए बैंकमा रहेको दुई खर्बको तरलता ५० अर्बमा झर्न सक्ने दाबी गरे ।
उनले स्थानीय तहको ऋणपत्र बैंकको सिडी रेसियोमा गणना गर्न असार मसान्तबाट गर्न नपाउने भन्ने डरले बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको बताए ।
उनले बैंकहरूले कर्जा प्रवाह गर्नका लागि राष्ट्र बैंकको सिडी रेसियो कायम गर्ने समय थप गर्ने सुनिश्चिता गर्नु पर्ने बताए ।
बैंकको खराब कर्जाको अनुपात ३ देखि ४ प्रतिशत पुगेको बताउँदै उनले सरकारले बजारमा तरलता सहज बनाउनका लागि तत्काल पुँजीगत खर्च बढाउन सरकारसँग माग गरे ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
प्रतिक्रिया