एसीसी प्रिमियर कप : युयईले दियो सिंगापुरलाई ४७२ रनको लक्ष्य

काठमाडौँ । दुई ब्याट्सम्यानले शतक प्रहार गरेपछि युएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को खेलमा युएईले सिंगापुरविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ४७२ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले एकदिवसीय फर्म्याटको खेलमा जोडेको यो अहिलेसम्मकै ठूलो स्कोर हो।
खेलमा युएईका ओपनर तथा कप्तान मोहमद वासीम र विकेटकिपर ब्याट्सम्यान वृत्य अरविन्दले शतक प्रहार गरे।
वासीमले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा १६० रन बनाए।
वृत्यले ९६ बलमा १७ चौका र ७ छक्काको मद्दतमा १७४ रन जोडे।
आयन खानले ५० बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७४ रन बनाए ।
बलिङमा सिंगापुरका अद्वृत्य भार्गवाले ४ विकेट लिए।
समूहमा युएईले अघिल्ला दुई मध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। सिंगापुर भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो।
















मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया