आइतबार, चैत १५, २०८२

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० वैशाख ११ गते १२:०२

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

आज तेजावी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै घटेर तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेकाे महासंघले जनाएकाे छ । महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया