वर्षातका कारण खेल रद्ध भएपछि साउदीसँग अंक बाँडेको नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८० वैशाख ११ गते १२:४९

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल वर्षासँगै टस नहुँदै रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।
तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।
चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले कतारसँग हुने १४ वैशाखको अन्तिम खेल जितेको अवस्थामा समूह विजेता बन्नेछ ।
समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया