अख्तियार विद्येयक सञ्चाउन चेम्बरको सभामुखलाई आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ ।
अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा गएको सो विधेयकले निजी क्षेत्रमा प्रतिकुल असर गर्ने भन्दै चेम्बरले सभामुख घिमिरेको ध्यानाकर्षण गराएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकुल बनाउन सभामुख घिमिरेलाई चेम्बरले आज ज्ञापनपत्र समेत बुझाएको छ ।
मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र उद्योग व्यवसायमा प्रतिकुल असर पर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । सभामुख घिमिरे समक्ष अध्यक्ष राजेन्द्र मल्लले भने, ‘उद्योग व्यवसायको प्रर्वद्धन, संरक्षण मार्फत निजी क्षेत्रको मनोवल उकास्नु पर्नेमा विधेयकमा उल्लेखित व्यवसथाले थप हतोत्साही बनाएको छ ।’
निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याएर अनुसन्धान गर्ने व्यवस्था संविधानको भावना प्रतिकुल रहेको समेत अध्यक्ष मल्लले बताए । निजी क्षेत्रमा नियमन गर्ने सम्वन्धित निकायहरु हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा वेथिति बढ्ने र बैदेशिक लगानी समेत प्रभावित हुन सक्ने अध्यक्ष मल्लले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
निजी क्षेत्रको अनियमितता भए कारवाही गर्ने सम्वन्धित छुट्टै निकाय भएकाले अख्तियारको क्षेत्रभित्र ल्याउन खोज्नु अनावश्यक भएको अध्यक्ष मल्लको भनाई छ । चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख घिमिरेले निजी क्षेत्र मैत्री कानुन निर्माणका लागि आफु प्रयासरत रहेको बताएका थिए ।
‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ, तर अभिभावकीय भूमिका निर्वाह गर्ने म तपाईँहरुलाई विश्वास दिलाउँछु, ।’ सभामुख घिमिरेले भने । संसदीय समितिहरु गठनको प्रक्रियामा रहेकाले पनि गठन भए लगत्तै आफ्ना सुझावहरु दिने घिमिरेले बताएका थिए ।
















बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया