शनिबार, चैत १४, २०८२

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

मेरोन्यूज २०८० वैशाख १२ गते १६:२६

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा दुई इन्स्योरेन्स कम्पनीकाे बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

यी दुबै कम्पनीको बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया