फिल्म ‘चोर पुलिसः टम एण्ड जेरी’ बनाउँदै निर्देशक मुकुन्द

काठमाडौं । निर्देशक मुकुन्द भट्टले ‘एक्स ९’भन्दा अगाडि ‘चोर पुलिसः टम एण्ड जेरी’ फिल्म बनाउने भएका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको हो।
फिल्ममा सौगात मल्ल, पुष्प खड्का, अर्पण थापा, शक्ति श्रेष्ठ र अनुप विक्रम शाहीको फिल्ममा मुख्य भूमिका रहने जनाइएको छ ।
कमेडी जनरामा निर्माण हुने फिल्ममा कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेलको पनि अभिनय रहनेछ । फिल्मका लागि मुख्य अभिनेत्री छनोट हुन बाँकी रहेको निर्देशक भट्टले बताएका छन् । अमेरिका, क्यानाडा, अष्ट्रेलिया र नेपालमा फिल्म खिचिनेछ।
निर्देशक भट्टले यसअघि पनि ‘लेभलः एक्स नाइन’ गर्ने घोषणा गरेका थिए । तर केहि समस्याले यसको छायांकन हुन सकेन । यसको छायांकन अब प्रदीप खड्काको ‘क्यामिनो’पछि गर्ने तयारी रहेकाे बताइएकाे छ।
भट्टले यसअघि ‘लप्पन छप्पन’को दुईटा श्रृंखला निर्देशन गरेका थिए ।


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया