एसीसी प्रिमियर कपः बहराइनलाई हराउँदै यूएई सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समुह बि बाट युएई सेमिफाइनलमा पुगेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएईले सेमिफाइनल प्रवेश गरको हो।
बहराइनले दिएको ११७ रनको झिनो लक्ष्य पछाएको युएईले २७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
युएईको जितमा वृत्य अरविन्दले अविजित ६२ र रोहन मुस्ताफाले अविजित ५० रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४०.५ ओभरमा अलआउट हुदै ११६ रन मात्र बनाएको थियो ।
बहराइनका लागि कप्तान हैदर बट र अलि दाउदले सर्बाधिक २३-२३ रन बनाए भने मुहमद योउनिसले १६, इमरान अनवरले १४, वासीक अहमदले १२ र अब्दुल मजिदले ११ रन बनाएका थिए ।
त्यस्तै युएईका बलर अयान अफजल खानले सर्बाधिक ४ विकेट लिए भने रोहन मुस्तफा र कार्थिक मैयप्पनले २(२ विकेट लिएका थिए । त्यस्तै जाहूर खानले एक विकेट लिए ।
यो खेलसँगै समुह बि बाट युएई ४ खेलमा ६ अंकसहित सेमिफाइनलमा पुगेको छ । युएई अहिले समुहमा शिर्ष स्थानमा रहेको भएपनि समुह विजेताको टुंगो भने विहिबार हुने हङकङ र कुवेतबीचको खेलपछि लाग्ने छ ।
त्यस्तै समुह बि बाट सिंगापुर र बहराइन भने समुह चरणबाट नै बाहिरिएका छन् ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
प्रतिक्रिया