एसीसी प्रिमियर कपः साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेकाे हाे ।
ओमानले दिएको ३६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६.५ ओभरमा अल आउट हुदै २९४ रन बनायो ।
साउदीका लागि अब्दुल वाहीदले सर्बाधिक ९५ रन बनाएका थिए भने साद खानले ७८, कप्तान हिशाम शेखले ३६, अब्दुल वहिदले २५ रन बनाएका थिए ।
त्यस्तै ओमानका बलर बिलाल खानले सर्बाधिक ४ विकेट लिए भने जय ओडेड्राले ३ विकेट लिएका थिएका थिए । त्यस्तै जीशाम मक्सूदले २ तथा आयान खानले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाउदै ३६६ रन बनाएको थियो ।
यो जितसँगै समुह ए बाट ओमानको ४ खेलमा ६ अंक भएको छ र सेमिफाइनलमा पुगेको छ ।









अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया