थ्री स्टार र मच्छिन्द्र बराबरीमा रोकिए

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मच्छिन्द्र क्लव र थ्री स्टार क्लव गोलरहित बराबरीमा रोकिएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । मध्ययम शुरुवात भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले केही सुन्दर मौका बनाए पनि सफल हुन भने सकेनन् ।
खेलको शुरुमै अफिज ओलावालेको पासमा चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो । ६८ औँ मिनेटमा थ्रीस्टारले गरेको गोलमा रेफ्रीले अफसाइडको संज्ञा दिँदा थ्री स्टार निराश भएको थियो । त्यसपछि लगत्तै मच्छिन्द्रका ओलावाले अफीजको प्रहार थ्री स्टारका गोलकिपरले बचाएका थिए ।
८४ औँ मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्रीस्टारका गोलकिपर पन्च गर्दै फर्काए । खेलको इन्जुरी समयमा मच्छिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरेपनि गोल भने गर्न सकेन ।
शीर्षस्थानको होडमा रहेको थ्री स्टारलाई बराबरीले धक्का लागेको छ भने मच्छिन्द्रले लिगमा स्थान सुधार गर्ने मौका गुमाएको छ । योसँगै १२ औं चरणको खेलपछि थ्री स्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मच्छिन्द्रको समान १२ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ । समान अंक भएको एपिएफ गोल अन्तरको आधारमा छैठौं स्थानमा छ ।
लिग अन्तर्गतबुधवार नै भएको अर्को खेलमा सातदोबाटो युवा क्लवले संकटा क्लवमाथि ४–० को सहज जित निकाल्यो । च्यासल मैदानमा सातदोबाटोलाई जित दिलाउन विलियम असाइडु र दीपकराज सिंह ठकुरीले समान दुई-दुई गोल गरे ।
शुरुवातबाट नै आक्रामक हुँदै खेलेको सातदोबाटोले खेलको १० औं मिनेटमा असाइडुको गोलमार्फत अग्रता लिएको थियो । सुशिल लामाको क्रसलाई असाइडुले गोलमा परिणत गरेका थिए । त्यसको ९ मिनेटपछि असाइडुले नै टोलीको अग्रता दोब्बर बनाए । पेनाल्टी बक्स बाहिरबाट आसाइडुको प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापालाई लाग्दै गोलमा परिणत भएको थियो ।
दुई गोलको अग्रता बनाएको सातदोबाटोले ६८ औं मिनेटमा असाइडुको पासमा दीपकले गोल गर्दा सातदोबाटो ३–० ले अघि बढ्यो । ८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सहज जित निश्चित गरे । यस जितसँगै १२ खेलमा २१ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको संकटा समान खेलबाट १५ अंकका साथ नवौं स्थानमा छ ।
लिगमा बिहीवारबाट १३ औं चरणका खेल सुचारु हुनेछन् । बिहीवार पहिलो खेल फ्रेण्ड्स क्लवले एपिएफ क्लवसँग प्रतिष्पर्धा गर्दा अर्को खेल खुमलटार युथ क्लव र विभागीय टोली नेपाल पुलिस क्लवबीच खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया