दिल्लीमा राष्ट्रपतिको के छ पछिल्लो स्वास्थ्य अवस्था ?
राष्ट्रपतिका सल्लाहकार भन्छन्- चिकित्सक, प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा भारतमा उपचार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भईरहेको छ ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरुले सुधारोन्मुख छ । उनको स्वास्थ्यसम्वन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकहरुले बताएका छन् ।
छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरुको सुझावअनुसार उनको भारतीय सरकारी अस्पताल एम्समा उपचार गर्न लगिएको राष्ट्रपतिका नीजि सचिवालयले जनाएको छ ।
तर कतिपय चिकित्सकहरुले भने राष्ट्रपति पौडेलको उपचार नेपालमा सम्भव हुँदा हुादै पनि उनलाई दिल्ली लगिएको भनि टिप्पणी गरिरहेका छन् ।
तर राष्ट्रपतिको नीजि सचिवालयले भने पौडेलको नेपालमै उपचार गर्ने चाहना हुँदा हुँदै पनि चिकित्सकहरुको टोली तथा प्रधानमन्त्री प्रचण्ड र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा पौडेल भारतमा उपचारका लागि जान तयार भएको दावी गरेका छन् ।
बुधबार पनि राष्ट्रपति पौडेलको प्रेस सल्लाहकार किरण पोखरेलले यही दावी गरेका छन् । उनले विज्ञेप्ती नै जारी गरेर यस बारेमा प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताईसकेको यर्थाथता स्मरण गराएका छन् ।
नेपाल सरकारको निर्णय वमोजिम उपचार पद्धती काुनन, नियम र निश्चित विधि अनुसार हुने स्पष्ट हुँदाहुँदै पनि राष्ट्रपति सस्थालाई नै विवादमा पार्ने मनसायले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएको भा्रमक सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जनाएका छन् ।
हेर्नुहोस वक्तब्य












ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया