आईपीएलमा कोलकाताले बैङ्ग्लोरलाई २१ रनले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैङ्ग्लोरलाई २१ रनले पराजित गरेको छ ।
गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो । २०१ रनको लक्ष्य पछ्छयाएको बैङ्ग्लोरले ८ विकेट गुमाएर १७९ रनमात्रै बनाउन सक्यो ।
कोलकाताको लागि जेसन रोय र एन जगदीशनले तीव्र सुरुवात गर्दै पावरप्लेमा ६६ रन बनाए । कोलकाताका लागि जगदीशनले २७ र रोयले २९ बलमा चार चौका र पाँच छक्काको मद्दतले ५६ रन बनाए ।
वेंकटेश अय्यर र कप्तान नितिश राणाले इनिङ्सलाई अगाडि बढाउँदै राणा २१ बलमा तीन चौका र चार छक्कासहित४८ रन बनाए । रिंकु सिंहले १८ र डेभिड भिजेले १२ रन बनाए ।
बैङ्ग्लोरका वानिन्दु हसरंगा र भी विजयकुमारले २–२ विकेट लिए ।
लक्ष्य पछ्याएको बैङग्लोरका लागि फाप डु प्लेसिस १७, महिपाल लोमर ३४, विराट कोहली ५४, दिनेश कार्तिक २२ र सुयश प्रभुदेसाई १० रन बनाएर आउट भए ।
कोलकाता नाइट राइडर्सका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए ।
आइपिएलमा कोलकाताको तेस्रो जित हो । बैङग्लोरको चौथो हार हो । अङ्क तालिकामा बैङ्ग्लोर पाचौं तथा कोलकाता सातौं स्थानमा छन् ।









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया