नेपाल ४०.३ ओभरमा १५७ रनमै अलआउट

काठमाडौँ । एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाल ४० ओभर ३ बलमा १५७ रन बनाएर अलआउट भएको छ । समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध नेपालले खराब ब्याटिङ गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटर टिक्न सकेनन् ।
कप्तान रोहित पौडेलले ३६ बलमा २७ रन बनाए ।
सुरुवातमा खराब ब्याटिङ गरेको नेपाल ४०.२ ओभरमा १५७ रनमा अलआउट भयो।
नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी नटआउट ४२ रन जोडे। उनले ५८ बलमा ६ चौका प्रहार गरे।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो।
ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए । भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा पेभिलियन फर्के।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट हुँदा नेपाल दबाबमा पर्यो। त्यसपछि कप्तान रोहितकुमार पौडेल २७ रन बनाएर आउट भए।
कुशल मल्ल पाँचौ विकेटको रुपमा ३ रन मात्र जोडेर आउट भए । सोमपाल कामी ११ रन बनाएर नेपालले २१ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोडेको थियो।
सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको थियो। चार बलपछि दीपेन्द्रसिंह ऐरी १२ रन मात्र जोडेर आउ६ भए । २८औं ओभरमा गुल्शन झालाई ७ रनमा कतारका मुनवीराले बाउन्ड्रीमा उष्कृष्ट क्याच गर्दै आउट गरे ।
ललितनारायण राजवंशी १ रनमा एलबिडब्लू आउट भए । सन्दीप र ललितबीच अन्तिम विकेटका लागि ४६ रनको साझेदारी भएको थियो। २८ ओभरमा नवौं विकेट गुमाएपछि ललित अन्तिम विकेटको रुपमा ४०.३ ओभरमा आउट भए।
बलिङमा कतारका अमिर फारुकले ४ विकेट लिए। ओइस अहमेदले ३ विकेट र मुनवीराले २ विकेट हात पारे।









एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
प्रतिक्रिया