आइतबार, चैत १५, २०८२

ओलीलाई भर्चुअल माध्यमबाट अदालत उपस्थित गराइने

मेरोन्यूज २०८२ चैत १५ गते १२:५१

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार पक्राउ परेका ओलीलाई आज प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थिति गराउने तयारी गरेको थियो । उनलाई स्वास्थ्य समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको हो। अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतले जनाएको छ।

प्रतिक्रिया