कमल थापाको चुनावी खर्च साढे १५ लाख मात्रै !
मेरोन्यूज
२०८० वैशाख १४ गते १९:०९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा साढे १५ लाखभन्दा बढी खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष थापाले १५ लाख ३७ हजार ३४० खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
थापाका निर्वाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरणानुसार सवारी साधनमा दुई लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शीर्षकमा दुई लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा एक लाख ७७ हजार नौ सय र प्रचारप्रसारका लागि छापा एवं विद्युतीय माध्यममा रु दुई लाख ५९ हजार चार सय ४० खर्च भएको उल्लेख गरिएको छ ।
सम्बन्धित














पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया