एसीसी प्रिमियम कपकाे सेमिफाइनल आजः नेपाल कुवेतसँग भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन् ।
टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि घरेलु टिम नेपालले कुवेतको सामना गर्दै छ । त्यस्तै सोहि समयमा मुलपानी क्रिकेट मैदानमा ओमान र युएईबीच अर्को सेमिफाइनल खेल हुने भएको छ ।
समुह ए बाट नेपाल समुह विजेता हुदै र ओमान उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् भने समुह बि बाट युएई समुह विजेता र कुवेत उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।
१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब थिए भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका थिए ।
समुह ए बाट मलेसिया, कतार, साउदी अरेबिया तथा समुह बि बाट हङकङ, सिंगापुर र बहराइन समुह चरणबाट बाहिरिएका थिए ।
यहि वैशाख ५ देखि शुरु भएको यस प्रतियोगिताको फाइनल खेल बैशाख १८ गते हुने छ । यस प्रतियोगिताको विजेता टोलीले एसिया कपको समुह ए मा रहेका भारत र पाकिस्तानसँग खेल्न पाउने छ ।









वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया