आइपिएलः पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो लखनउ

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई ५६ रनको अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लखनउले दिएको २५८ रनको लक्ष्य पछाएको पञ्जाब्ले १९.५ ओभरमा अलआउट हुदै २०१ रन बनाएपछि खेल ५६ रनले हारेको हो ।
पञ्जाबका लागि अथर्व टयडले सर्बाधिक ६६ रन बनाए भने सिकन्दर राजाले ३६ रन बनाए । त्यस्तै जितेश शर्माले २४, लियाम लिभिंग स्टोनले २३, साम करणले २१ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रन बनाएको थियो ।
लखनउका लागि यस खेलमा मार्कस स्टोइनिसले सर्बाधिक ७२ रन बनाए भने कील मेयर्सले ५४, निकोलस पुरनले ४५, आयुष बदानीले ४३ रन बनाएका थिए ।
यो जितपछि जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जाबको भने ८ खेलमा ४ जितसहित ८ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया