कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कुवेतका कप्तान मोहम्मद आस्लामले टस जितेर फिल्डिङ रोजेका हुन्।
सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ । आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।
आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।
पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो। समूह ‘ए’को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो।
कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारे पनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।
आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
नेपाली टिमः
कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी









वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया