सोमबार, मंसिर १५, २०८२

रोहित पौडेलको उत्कृष्ट ब्याटिङ, नेपालको कुवेतलाई दियो चुनौतीपूर्ण लक्ष्य

मेरोन्यूज २०८० वैशाख १६ गते १४:३१

काठमाडौँ । कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको हो ।

वर्षाका कारण अवरुद्ध भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो । जसमा नेपालले नौ विकेट गुमाउँदै २८१ रन बनाएको हो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल भुर्तेलले ४३ रन, कुशल मल्लले ५७, आसिफ शेखले ३१ रन बनाए ।

प्रतिक्रिया