२.३ ओभरमै कुवेतले गुमायो तीन विकेट
मेरोन्यूज
२०८० वैशाख १६ गते १४:५८

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपअर्न्तगत कुवेतले तीन विकेट गुमाएको छ । कुवेतले २.३ ओभरमा नै तीन विकेट गुमाएको हो ।
जारी खेलमा कुवेतले तीन विकेट गुमाएर मात्रै ११ रन बनाएको छ । नेपालका लागि करण केसीले दुई र सोमपाल कामीले एक विकेट लिएका हुन् ।
नेपालका कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । जारी सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको हो ।
वर्षाका कारण अवरुद्ध भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो । जसमा नेपालले नौ विकेट गुमाउँदै २८० रन बनाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल भुर्तेतलले ४घ रन, कुशल मल्लले ५७, आसिफ शेखले ३१ रन बनाए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया