मंगलबार, मंसिर १६, २०८२

२.३ ओभरमै कुवेतले गुमायो तीन विकेट

मेरोन्यूज २०८० वैशाख १६ गते १४:५८

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपअर्न्तगत कुवेतले तीन विकेट गुमाएको छ । कुवेतले २.३ ओभरमा नै तीन विकेट गुमाएको हो ।

जारी खेलमा कुवेतले तीन विकेट गुमाएर मात्रै ११ रन बनाएको छ । नेपालका लागि करण केसीले दुई र सोमपाल कामीले एक विकेट लिएका हुन् ।

नेपालका कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ । जारी सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको हो ।

वर्षाका कारण अवरुद्ध भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो । जसमा नेपालले नौ विकेट गुमाउँदै २८० रन बनाएको हो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल भुर्तेतलले ४घ रन, कुशल मल्लले ५७, आसिफ शेखले ३१ रन बनाए ।

प्रतिक्रिया