एसीसी प्रिमियर कपः नेपालसँग यूएईको भेट, सोमबार फाइनल खेल हुने

काठमाडौँ । नेपालमा भइरहेको एसीसी प्रिमियर कपअन्तर्गत आजको खेलमा नेपाल र युएई विजयी भएको छ । योसँगै दुई देश फाइनलमा भिड्ने भएको छ ।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको हो ।
युएईले डीएलएस प्रणालीमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
त्रिवि मैदानमा वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै जोड्न सक्यो ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकाले नेपाल फाइनलमा प्रवेश गरेको हो । खेलमा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । सोही आधारमा फाइनल प्रवेश गरेको हो ।
यता युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउन सफल भयो ।
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार भोलि खेल्ने छन् ।















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया