मंगलबार, पुष ८, २०८२

कोरोनाबाट थप एक जनाको मृत्यु, ५१ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०८० वैशाख १६ गते १८:००
फाइल फाेटाे

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २३८ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा थप ३५ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । यसमध्ये २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने आठ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया