शनिबार, चैत १४, २०८२

सुनको भाउ बढ्यो,कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० वैशाख १७ गते १२:०४

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार शुक्रबार तोलामा १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै, तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

साथै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया