‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ले दुई दिनमा कति कमाए ?

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्र नाइँ नभन्नु ल-६,प्रसाद-२ र कैदीकाे पत्रले रिलिजकाे दुइदिन पार गरिसकेका छन्। हलहरूमा एकसाथ प्रदर्शनमा आएका तीनै फिल्मले बक्सअफिसमा राम्राे ओपनिङ भने गर्न सकेनन् ।
विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्माको मुख्य भूमिका रहेको छ । किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तु रहेकाे याे फिल्मकाे पहिलो दिनको ओपनिङ निकै कमजोर रहेको जानकारी प्राप्त भएकाे छ ।
फिल्मले पहिलो दिनमा ५ देखि ६ लाखकाे आसपासमा कमाइ गरेको बताइएकाे छ। दोस्रो दिन राम्राे कमाइ गर्ने अनुमान गरिए तापनि फिल्मले दर्शककाे साथ पाउन सकेन । फिल्मले दाेस्राेदिन ८ लाख हाराहारीमा कात्र कलेक्सन गर्न सक्याे । चलचित्रकाे दुइदिनकाे कमाइ हेर्दा १५ लाख हाराहारीमा रहेकाे देखिन्छ ।
त्यस्तै सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ ले पनि पहिलाेदिन साेचेअनुरूप प्रश्तुति देखाउन सकेन । दशर्कबाट भने राम्रै प्रतिकृया पाइरहेको याे चलचित्रले पहिलो दिन १५ लाखमाथीकाे कलेक्सन गरेको बताइएकाे छ । दोस्रो (शनिबार)काे दिन फिल्मले १२ देखी १५ लाखको आसपासमा कमाइ गरेको बताइएको छ ।
विपिन कार्की, केकी अधिकारी, अर्पण थापाकाे मुख्य अभिनय रहेकाे चलचित्रले दुइदिनमा ३० लाख हाराहारीमा संकलन गरेकाे बताइएकाे छ ।
‘प्रशाद २’ को ‘ओर्ड अफ माउथ’ निकै राम्रो आइरहेकाले यसको कमाइ पनि बढ्ने अनुमान गरिएको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया