चेन्नाई सुपर किंग्समाथि पञ्जावको रोचक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटको जित निकालेको छ । पञ्जावले रोमाञ्चक जित हात पारेको हो ।
सिकन्दर राजले अन्तिम बलमा ३ रन जोडेसँगै पञ्जावले २०१ रनको लक्ष्य ६ विकेट गुमाएर भेट्टाएको हो ।
चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा भएको खेलमा पञ्जावलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो ।
चेन्नाईका मथिशा पथिरानले बलिङ गरेको अन्तिम ओभरको पहिलो बलमा सिकन्दर राजाले १ रन लिए । दोस्रो बलमा साहरुख खानले १ रन बनाए ।
तेस्रो बलमा सिकन्दर राजाले रन जोड्न सकेनन् । यस्तोमा ३ बलमा ७ रन चाहियो ।
त्यसपछि राजाले चौथो र पाँचौ बलमा २–२ रन लिए । अन्तिम बलमा ३ रन चाहिएको थियो । राजा र साहरुख खान मिलेर ३ रन जोडेसँगै पञ्जाव विजयी भएको हो ।
ओपनर प्रभसिमरन सिंहले २४ बलमा सर्वाधिक ४२ रन बनाए । लियम लिभिङस्टोनले पनि २४ बलमा ४० रन बनाए । साम करनले २९, कप्तान शिखर धवनले २८ र जितेश शर्माले २१ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन बनायो । चेन्नाईका ओपनर डेभोन कनले अविजित ९२ रन बनाए ।
अर्का ओपनर रुतुराज गायकवाडले ३७ र शिभव दुवेले २८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ४ बलमा १३ रन बनाए ।









मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
प्रतिक्रिया