युएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने, ऐरी बेञ्चमा, झा खेल्ने

काठमाडौँ । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आजको खेलमा टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।
एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।
एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ। आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ। एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
नेपालका लागि भारत र पाकिस्तानसँग खेल्नु ठूलो अवसर हो।
सेमिफाइनलमा नेपालले कुवेतलाई पछि पारेर फाइनलमा स्थान बनाएको हो। वर्षाका कारण खेल रद्द हुँदा नेपाल समूह विजेता भएको आधारमा फाइनलमा पुग्यो।
युएईले भने ओमानमाथि डिएलएस मेथडमा २ रनको जित निकालेर फाइनलमा स्थान बनायो।
















कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया