एसीसी प्रिमियर कप : नेपाललाई साताैँ सफलता

काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि भइरहेको प्रतिष्पर्धामा नेपालले साताैँ सफलता हात पारेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ।
नेपालका सन्दीप लामिछानेले २५ ओभर ५ बलमा साताैँ विकेट लिएका हुन् ।
नेपालले २२ ओभर ५ बलमा छैँटौं विकेट लिएको थियो । यसअघि १३ ओभर एक बलमा सन्दीप लामिछानेले युएईका रोहन मुस्ताफाको विकेट लिए ।
यसअघि ९ ओभर एक बलमा ललित राजवंशीले चौँथो विकेट लिए । ८ ओभर एक बलमा करन केसीले तेस्रो विकेट लिएका थिए ।
अहिले युएई ९२ रन बनाएर खेलिरहेको छ ।
नेपालले युएईको दोस्रो विकेटका रुपमा करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका थिए । युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको थियो ।
त्यसअघि ३.१ ओभरमा युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए। उनले ८ बलमा ११ रन जोडे। युएईले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्।
एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपाल एसिया कप २०२३ मा खेल्ने सपनाको नजिक पुगेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई पराजित गर्न सके नेपालको एसिया कप खेल्ने सपना पूरा हुनेछ।
एसिया कपमा स्थान बनाएपछि नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
















सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया