आज नेपाल र यूएईको खेल हुन नसके के हुन्छ ?
मेरोन्यूज
२०८० वैशाख १८ गते १४:२७

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएईबीचको खेल रोकिएको छ।
युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल रोकिएको हो । वर्षा भएसँगै आज खेल हुने सम्भावना कम भएको छ ।
आज खेल हुन नसकेको भोलि रिजर्भ डेसम्म स्थगित हुनेछ । भोलिका लागि खेल स्थगित भए आजकै स्थितिबाट खेल सुरू हुनेछ ।
आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६–९, २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ ।
भोलिको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाइने छ । ओभर घटाएर पनि खेल हुने सम्भव नभए सुपर ओभरमा खेल खेलाइने छ ।
सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्ने छ । यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ । यसोसँगै नेपाल एसिया कपमा छनोट हुनेछ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया