सोमबार, मंसिर १५, २०८२

आईपीएलमा लखनऊले १२७ रनको लक्ष्य भेटाउन सकेन

मेरोन्यूज २०८० वैशाख १९ गते ६:३७

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सले १२७ रनको झिनो लक्ष्य पनि भेटाउन सकेन । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध जम्मा १२७ रनको लक्ष्य पछ्याएको लखनऊ १०८ रनमा अलआउट भएर लज्जास्पद हार व्यहोरेको छ ।

बैंगलोरका कप्तान फाफ डु प्लेसिसले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा लखनऊको टोली १०८ रनमा अलआउट भएपछि खेल १८ रनले पराजित भयो ।

टस जितेर ब्याटिङ रोजेको बैंग्लोरका लागि विराट कोहली ३१, कप्तान फाफ डु प्लेसिस ४४, अनुज रावत ९, ग्लेन म्याक्सवेल ४, सुयश प्रभुदेसाई ६, र दिनेश कार्तिक १६ रन बनाए ।

लखनऊका नवीन उल हकले ३ विकेट लिए ।

१२७ रनको लक्ष्य पछ्याएको लखनऊका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर काइल मेयर्स शून्य रनमा आउट भए । क्रुणाल पाण्ड्याले ११, के गौतमले २३, रन बनाए ।

बैंगलोरबाट जोस हेजलउड र कर्ण शर्माले २–२ विकेट लिए ।

बैंगलोरको यो पाँचौं जित हो भने लखनऊको चौथो हार हो।

प्रतिक्रिया