सोमबार, मंसिर १५, २०८२

एसीसी प्रिमियम कपमा नेपाल र युइईबीचको बाँकी खेल आज हुने

मेरोन्यूज २०८० वैशाख १९ गते ६:४६

काठमाडौं । एसीसी प्रिमियम कप क्रिकेटको नेपाल र यूएईबीचको फाइनल खेल आज पुनः हुँदै छ । सोमबारको खेल वर्षाका कारण रोकिएपछि बाँकी खेल आज हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । बाँकी खेल वर्षाले रोकिएको थियो ।

नेपालले आक्रामक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलो पटक वर्षाको कारण खेल रोकिएको थियो ।

खेल पुनः सुचारु गरिए पनि वर्षा भएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।

नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुल्सन झाले भने १–१ विकेट लिएका छन् । खेलमा अब नेपाल युएईलाई अलआउट गर्न एक विकेट मात्र बाँकी छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।

मंगललबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमबारको झैँ वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

प्रतिक्रिया