एसीसी प्रिमियम कपमा नेपाल र युइईबीचको बाँकी खेल आज हुने

काठमाडौं । एसीसी प्रिमियम कप क्रिकेटको नेपाल र यूएईबीचको फाइनल खेल आज पुनः हुँदै छ । सोमबारको खेल वर्षाका कारण रोकिएपछि बाँकी खेल आज हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ । बाँकी खेल वर्षाले रोकिएको थियो ।
नेपालले आक्रामक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलो पटक वर्षाको कारण खेल रोकिएको थियो ।
खेल पुनः सुचारु गरिए पनि वर्षा भएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।
नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुल्सन झाले भने १–१ विकेट लिएका छन् । खेलमा अब नेपाल युएईलाई अलआउट गर्न एक विकेट मात्र बाँकी छ । हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।
मंगललबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमबारको झैँ वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया