सोमबार, मंसिर १५, २०८२

सन्दीप लामिछाने बने प्लेयर अफ द टुर्नामेन्ट

मेरोन्यूज २०८० वैशाख १९ गते १२:४४

काठमाडौं । सन्दीप लामिछाने एसीसी प्रिमियर कपमा प्लेयर अफ द टुनामेन्ट बनेका छन् । स्पिनर लामिछाने सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए ।

प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए ।

सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दले पाएका छन् । उनले प्रतियोगितामा दुई वटा १५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए ।

यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए ।

प्रतिक्रिया