यूएईको सपनाहरू चकनाचुर पार्ने ‘गुल्सन’
एसीसी कपमा छनौट हुने यूएईको सपना चकनाचुर बनाए । र, आफ्नै देशको ऐतिहासिक सपना पूरा गरे ।

काठमाडौँ । नेपाली क्रिकेट टोलीले यूएईलाई पराजित गर्दै एसीसी कपमा छनौट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई दिन चलेको फाइन खेल नेपालले जितेको हो ।
वर्षाका कारण सोमबार रोकिएको फाइनल खेल आज पूरा भयो । यूएईले नेपाललाई ११८ रनको लक्ष्य दियो ।
सामान्य लक्ष्य पाएको नेपालले खराब सुरूआत गर्दै आठौँ ओभरसम्म तीन विकेट गुमाउन पुग्यो । यतिबेलासम्म नेपालको खातामा जम्मा २२ रन बनेको थियो ।
ओपनर कुशल भुर्तेल १.२ ओभरमै आउट भएपछि गुल्सन झा क्रिजमा आए । उनै गुल्सनले नेपालाई जित दिलाए ।
गुल्सनलाई राम्रो साथ दिएका दिए, भीम सार्कीले । उनीहरू सम्हालिए । यो जोडीले नै नेपाललाई उपाधि दिलाए । एसीसी कपमा छनौट हुने अपेक्षासहित आएको यूएई पराजित भयो ।
खेलको १८ औँ ओभरमा गुल्सनले एक छक्का र दुई चौका हानेर नेपालको अवस्था बलियो बनाए । ३० औँ ओभरसम्म गुल्सनले अर्धशतक बनाए । ३१.३ ओभरमा गुल्सनले एक रन लिदै नेपाललाई उपाधि दिलाए ।

नेपालको जितका लागि गुल्सनले ६ छक्कासहित तीन चौका प्रहार गरे । खेलमा उनले अविजित ६७ रन बनाए । गुल्सनकै उत्कृष्ट प्रदर्शनमा नेपालले इतिहास बनाउन पुग्यो । उनलाई साथ दिएका भीमले चार चौको मद्दतमा अविजित ३६ रन बनाए ।
एसीसी कपमा छनौट हुने यूएईको सपना गुल्सनले चकनाचुर बनाए । र, आफ्नै देशको ऐतिहासिक सपना पूरा गरे ।
यसअघि गुल्सनले यूएईको आइसीसी विश्वकपमा छनौट हुने सपना हत्याएका थिए । त्यस खेलमा पनि उनले सानदार प्रदर्शन गर्दै नेपाल र नेपालीको सपना पूरा गरे ।
गत चैत २ गते भएको आइसीसी विश्वकप लिग २ मा यूएईले नेपाललाई विशाल रनको लक्ष्य दिएको थियो । यूएईले दिएको कीर्तिमानी ३११ रनको लक्ष्य नेपालका लागि कठिन थियो ।
खेलमा ४१ ओभर पूरा हुँदा नेपालले ६ विकेट गुमाएर २३५ रन मात्रै बनाउन सकेको थियो । ब्याटिङमा गुल्सन नै थिए । २५ रन बनाएका उनलाई दिपेन्द्रसिंह ऐरीले ४ रन बनाएर साथ दिइरहेका थिए ।

टोली कठिन अवस्थामा हुँदै गर्दा ४२ औँ ओभरमा गुल्सनले २० रन जोडे । महम्मद वसिमको बलमा उनले तीन चौका र एक छक्का प्रहार गरे । यसपछि खेल नेपालको पक्षमा हुन पुग्यो ।
थप २ ओभर खेलेपछि अम्पायरले खेल रोके । जतिबेला नेपालको स्कोर ४४ ओभरमा २६९/६ स्थिति थियो । र, डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भयो । योसँगै नेपाल विश्वकप छनौट भयो । उता यूएईको एक ठूलो सपना क्षणभरमा अन्योलमा पुग्यो ।
जिम्बाब्बेमा हुने वर्ल्ककप क्वालिफायरमा आईसीसी सुपर लिगका पुछारका पाँच टोली, आइसीसी लिग २ को शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टोली गरी १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
वर्ल्ककप क्वालिफायरमा नेपाल यूएईलाई ९ रनले पराजित गर्दै शीर्ष तीन टोलीमा रहेर छनौट भएको हो । यो खेलमा पनि आज गुल्सनलाई साथ दिएका भीम सार्कीले सबैभन्दा धेरै ६७ रन बनाएका थिए ।

१७ वर्षीय अलराउन्डर गुल्सनले राष्ट्रिय टोलीमा सेप्टेम्बर २०२१ मा स्थान बनाएका थिए । अमेरिकाविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा स्थान पाएका उनी सर्लाही मलंगवाका हुन् ।
गुल्सनले भारतको राँचीस्थित अरूणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिके । राँचीमा क्रिकेट सिक्दा उनले बलिङमा निखार ल्याए । उनले स्थानीय प्रतियोगिता खेले पनि ।
यूएईविरुद्ध गुल्सनले दुई पटक साहसिक इनिङ खेले । दुवैपटक यूएईको सपनामा पर्खाल बने । उनले आफूलाई ‘बिग म्याच प्लेयर’को परिचय दिँदै गर्दा यूएई टोलीको मनमा ड्याङ्ग्रो बज्ने बनाए ।
यो पनि पढ्नुहोस्
क्रिकेटमा नेपाली क्रेज : अधैर्य खेलाडी, धैर्य दर्शक









वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया