विश्वमा युद्ध बढेसँगै बुद्धका सन्देश सार्न्दभिक : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण गौतम बुद्धका सन्देशहरु महत्वपूर्ण हुँदै गएको बताएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरु शान्ति स्थापनाका लागि अझ बढी सान्दर्भिक र महत्वपूर्ण भएको बताएका हुन् ।
‘गौतम बुद्धले देखाउनु भएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरु विश्वभर बढ्दो छन्,’ उनले भने, ‘विश्वभर बढ्दै गरेको द्वन्द्वको कारण पनि गौतम बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक र महत्वपूर्ण भएका छन् ।’
नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका छौँ र भोगेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले द्वन्द्वले सामाजिक शान्ति र सद्भावमा पार्ने गहिरो क्षति अतुलनीनिय हुने भएकाले द्वन्द्वलाई शान्तिमा बदल्न तीव्र इच्छा र समर्पणको आवश्यकता पर्ने कुरामा पनि जोड दिए ।
समाजलाई द्वन्द्वबाट शान्तिमा रुपान्तरण गर्न, सामाजिक मेलमिलापका आधारहरु खडा गर्न बौद्ध धर्मले महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने उनको भनाइ छ ।
नेपाल आफ्नो शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेको चर्चा गर्दै द्वन्द्वलाई परास्त पार्दै नेपाल शान्ति र समृद्धिको बाटोमा लम्केको अध्यक्ष तिमिल्सिनाले बताए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण गन्तव्य हो ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सके बौद्ध धर्मावलम्बीहरुको लुम्बिनी यात्रा भविष्यमा अझै सहज हुँदै जाने विश्वास पनि व्यक्त गरे ।
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया