आईपीएलमा दिल्लीसँग गुजरात ५ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ । अंकतालिकामा पुछारको दिल्लीले शीर्षस्थानको गुजरातलाई ५ रनले हराएको हो ।
गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पहिला ब्याटिङ गरेको दिल्लीले १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको गुजरातले कप्तान हार्किद पाण्ड्याले अर्धशतक प्रहार गरेपनि भेट्न सकेन ।
गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । कप्तान हार्किद पाण्ड्याले ५३ बलमा ७ चौका प्रहार गरी अविजित ५९, अभिनव मनोहरले २६, राहुल तेवाटियाले २० रन जोडे ।
गजुरातलाई जितबाट रोक्न दिल्लीका खलिल अहमद र इशान्त शर्माले २, २ तथा एनरिक नोर्किअ र कुलदिप यादवले १, १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । दिल्लीका लागि अमन हाकिम खानले ४४ बलमा ३ चौका ३ छक्का प्रहार गरी ५१ रन बनाए । अक्षर पटेलले २७, रिपाल पटेलले २३, प्रियम गार्गले १० रन जोडे ।
गुजरातका मोहम्मद शामीले ४, मोहित शर्माले २ तथा रासिद खानले १ विकेट लिए ।
९ खेल खेल्दा दिल्लीको यस सिजन यो तेस्रो जित हो भने गुजरातको तेस्रो हार हो । हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै छ ।
कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरवाद समान ६ अंक भएपनि दिल्ली रनरेटका आधारमा पुछारमै छ ।
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया