कांग्रेसमा शेखर-गगन समूहको हिस्सा २० प्रतिशत !

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट मन्त्रीहरू सिफारिस गर्दा आफू इतरको समूहको हिस्सा २० प्रतिशतमा सीमित गरिदिएका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिष्पर्धा गरेका डा. शेखर कोइराला समूहले ४० प्रतिशत मत पाएको थियो । १४ औँ महाधिवेशननमा प्यानलसहित प्रतिष्पर्धा गरेकोको कोइराला समूहबाट दुई उपसभापतिमध्य एक (धनराज गुरुङ) दुई महामन्त्रीमध्य एक (गगन थापा) र ८ सहमहामन्त्रीमध्य दुई (बद्री पाण्डे र जीवन परियार)सहित ४० प्रतिशत मत पाएको थियो ।
तर गठबन्धन सरकारमा पार्टीको भागमा परेका ८ मन्त्री सिफारिस गर्दा सभापति देउवाले कोइरालाको हिस्सा २० प्रतिशतमा झारिदिएका छन् । देउवाले पार्टीभित्रको आफ्नो समूहबाट ६ र कोइराला समूहबाट दुई नेतालाई मात्र मन्त्री बनाएका छन् ।
देउवा समूहबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र, सीता गुरुङ सहरी विकासमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत भएका छन् । कोइराला समूहबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू मन्त्री भएका छन् ।
यसले कोइराला समूहमा असन्तुष्टि बढाएको छ । नेता कोइराला र महामन्त्री गगन थापाबीच असन्तुष्टि चुलिएको निकटस्थहरू बताउँछन् । विशेगषगरी महामन्त्री थापा मन्त्री सिफारिसमा असन्तुष्ट देखिएको नेताहरू बताउँछन् ।
थापाले सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे वा प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउन अडान लिएका थिए तर कोही पनि परेनन् ।
सभापति देउवाले मन्त्री चयन गर्नेबारे मंगलबार नेता कोइरालासँग छलफल गरेका थिए । कोइराला देउवासँगको छलफलपछि मंगलबार नै उपचारका लागि सिंगापुर उडेका थिए । देउवाले बुधबार थपेका मन्त्रीका विषयमा कोइरालाको सहमति वा विमतिबारे कोइराला समूहका नेताहरू अनविज्ञ देखिन्छन् ।
सत्तारुढ दलहरुबीच भएको भागवण्डामा ८ मन्त्रालय लिएका देउवाले सुरुदेखि दुई मन्त्री शेखर गगन समूहलाई छुट्याएका थिए । त्यसअनुसार १७ चैतको बिहान दुई जनाको नाम पनि मागेका थिए । त्यो दिन नै धनराज र डिगबहादुरको नाम टुंगिसकेको थियो । तर कम्तीमा तीन मन्त्री पाउनुपर्ने भन्दै नाम नै दिएका थिएनन् ।
अहिले आएर दुई मन्त्री परेपछि समूहको नेता भएर पनि तीन मन्त्री पाउनुपर्ने अडानमा नेता कोइराला अडिन नसकेको गुनासो समूहभित्र बढेको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया