गृहमन्त्री श्रेष्ठले गरे अस्थायी प्रहरी चौकीको भवन उद्घाटन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी चित्रेपोखरीको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।
चित्रेपोखरीमा हालै निर्माण सम्पन्न पाँच कोठे प्रहरी चौकीको आज उद्घाटन गरे । गाउँपालिकाले जग्गा र बजेट उपलब्ध गराएपछि अस्थायी प्रहरी चौकीको भवन निर्माण गरिएको हो ।
गाउँपालिकाले विनियोजन गरेको २४ लाख ८० हजार तीन सय ७५ मा भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादवले जानकारी दिए । नवनिर्मित उक्त भवनमा थुनुवा कक्षसमेत रहेको उनले बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले आज नै नवनिर्मित भवन जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरेको गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताए ।
गाउँपालिकाभित्र रहेको चोरकाटे प्रहरी चौकी र धारापानी प्रहरी चौकीलाई एक/एक थान मोटरसाइकलसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
















PM Karki’s first address to NA, assures impartial election on scheduled date
अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
साफ महिला च्याम्पियनसिप , बङ्गलादेशसँग भारत पराजित
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया