नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।
चालु आर्थिक वर्ष २०७९-०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।
भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया