आइतबार, चैत १५, २०८२

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

मेरोन्यूज २०८० वैशाख २३ गते ९:५८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै आलु रातोको ३० रुपैयाँ, आलु सेतोको २५ रुपैयाँ, काउली स्थानीयको ५० रुपैयाँ, भण्टा डल्लोको ६० रुपैयाँ, मटरकोसाको ९० रुपैयाँ रहेको छ ।

यसैगरी लौकोको ४०, चिचिण्डोको ५०, भिण्डीको १००, कुरिलोको ३५०, ब्रोकाउलीको १२० रुपैयाँ कायम भएको छ भने अनारको प्रतिकिलो अधिकतम मूल्य ३०० रुपैयाँ छ ।

प्रतिक्रिया