धिरज र जसिताको ‘ज्याकी आइएम २१’ले दुई दिनमा कति कमायाे ?

काठमाडौं । गत बिहिबारबाट देशव्यापीरुपमा प्रदर्शनमा आएको चलचित्र ‘ज्याकी आइएम २१’ ले हलमा २ दिन पार गरिसकेको छ । धिरज मगर र जसिता गुरुङको मुख्य भुमिका रहेको फिल्म ‘डान्सिङ’ कथाबस्तुमा आधारित छ। फिल्मले दर्शकबाट पनि राम्रै प्रतिकृया पाइरहेको छ ।
नेपालमा पहिलो पटक ‘डान्स’को कथाबस्तुमा याे चलचित्र बनाइएकोले राम्रो कमाई गर्नै अनुमान गरिएको थियो । तर फिल्मले राम्रो प्रतिकृया पाइरहँदा पनि कमाइ भने सोचेअनुरुप गर्न सकेन । फिल्मको पहिलो दिनको ओपनिङ नै कमजोर रह्यो ।
पहिलो दिन बिहिबार फिल्मले १२ देखि १५ लाख हाराहारीमा आपनिङ गरेको बताइएकाे छ । दोस्रो दिन भने फिल्मले राम्रै व्यापार गर्न सफल भयो । दोस्रो दिन फिल्मले २० लाख माथिको ग्रस कलेक्शन गरेको बताइएको छ ।
दुई दिनको कमाइ एकमुस्ट हेर्दा ३२ देखि ३५ लाख पुग्ने देखिन्छ । फिल्मले आज हलमा तेस्रोदिन मनाइरहेको छ ।तेस्रोदिनको बुकिङ राम्रै रहेकाले फिल्मले आजपनि राम्रै कमाइ गर्ने अनुमान गरिएको छ ।
यता दयाहाङ राई अभिनित जारी फिल्मले हलमा २२ दिन पार गरिसक्दा पनि दर्शकको भरपुर माया पाइरहेको छ । यसकारण पनि ‘ज्याकी आइएम २१’ ले बक्स अफिसमा सफल हुनकालागि निकै संर्घष गर्नुपर्ने देखिएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया