पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती

काठमाडौँ । २५६७ औँ बुद्ध जयन्तीका अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत् शोभायात्रा निकालिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको संयोजन तथा पोर्चुगलमा रहेका नेपाली सङ्घसंस्थाको सक्रियतामा शुक्रबार लिस्बन सहरमा बृहत् शोभायात्रा निकालिएको हो ।
बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक वेषभूषासहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए ।
शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो । रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता थियो ।
शोभायात्रापछि मार्तिम मुनिजमा आयोजित कोणसभामा पोर्चुगलका बौद्ध धर्मगुरु गिर्मे लामाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिएका थिए ।
सो अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभायात्रामा सहभागीलाई धन्यवाद दिँदै बुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नु पर्ने बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतावासका छविलाल बगालेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यसअघि शेर्पा किदुग पोर्चुगलको संयोजनमा आन्जुसमा पोर्चुगल तथा नेपाली धर्म गुरुद्वारा भगवान् बुद्धको विशेष पूजापाठसमेत गरिएको थियो ।
विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार/प्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताए ।
















इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
बाँकेमा एचपिभी खोप लगाउन सुरु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया