प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।
‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईले भने, हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिऔं,।
प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा प्रष्ट पारे । कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गरे । कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई, नायव महाप्रबन्धक सोन बहादुर मगर, सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फँुयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
अन्तराष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर श्री बी.पी. रेग्मीज्यूको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर रेग्मीज्यूले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएका थिए । बीमा मध्यस्थकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो ।
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया