आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्म काण्डी मात्रै : केपी ओली

काठमाडौँ । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्म काण्डी भएको बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अोलीले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्म काण्डी भएको आरोप लगाएका हुन् ।
उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनु पर्ने बताए । उनले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाए ।
अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहिरहनु उचित नरहेको जिकिर गरे । उनले आफैँले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वास योग्य नरहेको बताए ।
अध्यक्ष ओलीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउन र चुनौतिको सामना गर्न नसक्ने दाबी गरे ।















इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया